TodayPati

प्रदेश २ सहित यी स्थानमा आज भारी वर्षा, बाढी र डुबानको उच्च जोखिम

टुडेपाटी-

जनकपुरधाम, साउन १४ गते ।


आज पनि देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Sponsored

महाशाखाका अनुसार आज देशका अधिकांश स्थानमा सामान्य बदली रही धेरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।

त्यस्तै, गण्डकी, प्रदेश(५ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र प्रदेश–१, प्रदेश–२, बागमती र कर्णाली प्रदेशका १÷२ स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए ।

नेपालको तराई भूभाग नजिक न्यून चापीय रेखा रहेकाले मनसुन थप सक्रिय भई आज र भोलि वर्षाको सम्भावना रहेको मौसमविद् प्रधानाङ्गले बताए ।

Sponsored

उनका अनुसार यसवर्ष वैशाखदेखि अहिलेसम्म प्रशस्त पानी परिरहेकाले जमिन गलिसकेको हुनाले केही समयको हल्कादेखि मध्यम वर्षाले पनि बाढी, डुवान र पहिराको जोखिम बढेको बताइएको छ ।

मनसुन सक्रिय भएसँगै नदीहरूमा पानीको बहाव बढ्ने, भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएको ठाँउमा डुबानसमेत हुनसक्ने भएकाले महाशाखाले सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *