TodayPati

सप्तरीमा मास्क नलगाई हिँड्ने १२३ जनालाई कारबाही, १२ हजार बढी राजस्व संकलन

टुडेपाटी-

सप्तरी, साउन १३ गते ।

सप्तरीमा बिना मास्क हिँड्नेलाई स्थानीय प्रशासनले मंगलबारदेखि कारबाही गर्न थालेको छ ।

Sponsored

मंगलबार सप्तरीको सदरमुकाम राजविराज बजार क्षेत्रलगायत कञ्चनरुप, कल्याणपुर, शम्भुनाथ बजारबाट मास्क नलगाई हिँड्ने १२३ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिए ।

हाट, बजार र पूर्व–पश्चिम राजमार्गबाट नियन्त्रणमा लिइएका १२३ जनाबाट प्रतिव्यक्ति १ सय रुपैयाँ जरिवाना तिराएर छाड्ने गरेको जिल्ला प्रशासन कार्यालय, सप्तरीले जनाएको छ ।

जसबापत १२ हजार ३०० राजस्व सङ्कलन भएको प्रशासकीय अधिकृत आनन्द ठाकुरले बताए । जिल्ला प्रशासन कार्यालय सप्तरीले आइतबार सूचना जारी गर्दै सार्वजनिक स्थानमा हिँडडुल गर्दा अनिवार्य मास्क लगाउन आग्रह गरेको थियो । सूचनामा मास्क नलगाउनेलाई कारवाही गर्ने चेतावनीसमेत दिइएको छ ।

Sponsored

मास्क नलगाई सार्वजनिकस्थलमा हिँडडुल गर्नेलाई दुई दिन सचेत गराइएपछि सरकारको निर्णय अवज्ञा गर्नेलाई आजदेखि नियन्त्रणमा लिई जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जानकारी दिएको छ ।

गल्ती गर्नेलाई कानूनअनुसार जरिवाना गरिए पनि कोरोना सङ्क्रमणको जोखिममा पुर्‍याउन नहुने भन्दै स्थानीय वुद्धिजीवीले मास्क नलगाउनेलाई नियन्त्रणमा लिनु अघि निसङ्क्रमण गर्ने, मास्क उपलब्ध गराउने बताएका छन् ।

नागरिक समाजका अध्यक्ष थानसिंह भन्सालीले सकभर यस्तो अवस्था नै आउन नदिनेतर्फ नागरिक स्वयं सचेत हुनुपर्ने भन्नुहुँदै नियन्त्रणमा लिइएकालाई अनिवार्य मास्क उपलब्ध गराउनुपर्ने बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *