निजी विद्यालयका शिक्षक ७ महिनादेखिको तलब पाएनन्, युनियनको कडा आपत्ति
टुडेपाटी-
जनकपुरधाम, साउन १३ गते ।
निजी विद्यालयमा कार्यरत शिक्षकहरुको गत वर्षको बाँकी बक्यौता तलब भुक्तानीको माग सहित संस्थागत विद्यालय शिक्षक युनियनले जनकपुरधाम उपमहानगरपालिकामा ज्ञापन पत्र बुझाएको छ ।
निजी विद्यालयले कर्मचारीलाई तलब नदिएको र यस्तो अवस्थामा सरकारको समेत अनुभूती गर्न नसकेको भन्दै उपमहानगकी उपप्रमुख रिता मिश्रलाई ज्ञापन पत्र बुझाएका हुन् ।
युनियनको जिल्ला समन्वय समिती धनुषा शाखाले प्याबसन, एनप्याबसन तथा इष्टुबीच भएको राष्टिय सहमती अनुसार गत वर्षको बाँकी तलब अबिलम्ब दिइयोस, कुनै पनि बहानामा कार्यरत शिक्षकलाई धम्की दिने, निष्कासन गर्ने कार्य तुरन्त बन्द गरियोस, वैशाख देखिको तलब सरकारले उपलब्ध गराओस वा विद्यालय संचालकलाई अबिलम्ब उपलब्ध गराइयोस र सम्पुर्ण निजी विद्यालयलाई योगदानमा आधारित समाजिक सुरक्षा कोषमा अनिवार्य सूचिकृत हुने अधिकारी हुने बाध्यकारी व्यवस्था अबिलम्ब कार्यन्वयन गर्न लगाइयोस लगायतका चार बुँदे माग अघि सारेका हुन् ।
ज्ञापन पत्र
Sponsored