जनकपुरमा कोरोनाबाट एक व्यक्तिको मृत्यु, शरीरमा कोरोना भाइरसको मात्रा अत्यधिक
टुडेपाटी-
जनकपुरधाम, साउन ११ गते ।
धनुषामा पहिलोपटक कोरोनाबाट एक व्यक्तिको मृत्यु भएको छ । धनुषाको सहिदनगर नगरपालिका डुमरियाका ३८ वर्षीय पुरुषको कोरोना संक्रणबाट आइतबार मृत्यु भएको हो ।
उनलाई उपचारको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रादेशिक अस्पताल जनकपुरका आइसोलेशन संयोजक डा.जामुन सिंहले जानकारी दिए । गएको शनिबार ज्वरो, रुघा, खोकी र श्वासप्रश्वासमा समस्यादेखिएपछि देखिएपछि उनलाई प्रादेशिक अस्पतालको इमार्जेन्सी वार्डमा भर्ना गरिएको थियो ।
इमरेजेन्सीबाट उनलाई आइसियुमा भर्ना गरिएको थियो । स्वास्थ्य अवस्थामा सुधार नभएपछि बिरामीको परिवारजनको सल्लाहमा थप उपचारको लागि आइबार धरान लैजाँदै गर्दा सिरहा पुगेपछि बाटोमै मृत्यु भएको संयोजक डा. सिंहले बताए ।
उनका अनुसार मृतक स्वाँब परिक्षण गर्दा भाइरसको मात्रा अत्यधिक देखिएको छ । मृतकको शव जनकपुर ल्याइएको छ । शव व्यवस्थापनको तयारी भइरहेको जनाएको छ ।
योसंगै नेपालमा कोरोना संक्रणबाट मृत्यु हुनेको संख्या ४६ पुगेको छ ।
Sponsored