TodayPati

प्रदेश २ : सरकारी ढुकुटीमा मन्त्री र सचिवको रजाइँ, सुराकीको नाउमा २४ लाख स्वाहा

टुडेपाटी

जनकपुरधाम, साउन ११ गते ।

प्रदेश २ को अन्तरिक मामिला तथा कानून मन्त्रालयले सुराकीको नाउमा नियम विपरित २४ लाख रुपैयाँ खर्च गरेको पाइएको छ ।

Sponsored

महालेखा परिक्षकको कार्यालयले आर्थिक वर्ष २०७५ ०७६ को प्रतिवेदन सार्वजनिक गरेपछि सरकारी ढुकुटीबाट नियम विपरित सो रकम खर्च भएको खुलेको हो ।

संघीय सरकारमा गृहमन्त्रालयले खर्च गरे अनुसारकै नक्कल गरी आन्तरि मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव सचिव मिलेर २४ लाख रुपैँया खर्च गरेका हुन् ।

शान्ति सुरक्षा, अपराध न्याुनिकरण तथा अपराधीलाई कार्वाही गर्न प्रदेश सरकारसँग संयन्त्र नै नरहेको भनेर सरकार पंछिन खोजिरहेको बेला सुराकीको नाउमा गरेको २४ लाख खर्चपछि सरकारको आलोचना सुरु भएको छ ।

Sponsored

प्रदेश मन्त्रिपरिषद्को २०७५ जेठ १० गतेको निर्णयअनुसार आन्तरिक मामिला तथा कानून मन्त्री र सचिवलाई भईपरी आउने शान्ति सुरक्षाको काममा बिलभरपाइ पेश गरी रहनुनपर्ने गरी महिनाको अधिकतम ५ पटकसम्म हुनेगरी मन्त्री ज्ञानेन्द्र यादवलाई प्रति पटक ३० हजार र सचिवलाई १० हजार रुपैयाँ खर्च गर्ने अख्तियारी दिइएको छ ।

सोही आधारमा गत वर्ष मन्त्रीले १८ लाख र सचिवले ६ लाख रुपैयाँ गरी कूल २४ लाख रुपैयाँ खर्च गरेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *