TodayPati

नेकपाको दबाबमा उपसभामुखबाट राजीनामा दिएकी शिवमाया कानुनमन्त्री बन्दै, आजै सपथ लिँदै

टुडेपाटी समाचारदाता
काठमाडौँ, फागुन ५ गते ।

सत्तारुढ नेपाल कमयुनिष्ट पार्टी (नेकपा) को दबाबमा उपसभामुखबाट राजीनामा दिएकी शिवमाया तुम्बाहाङ्फे कानूनमन्त्री बन्ने भएकी छन् ।

समाजवादी पार्टीका अध्यक्ष समेत रहेका उपेन्द्र यादवले राजीनामा दिएपछि खाली रहेको कानुनमन्त्रालयको जिम्मेवारी तुम्बाहाङ्फेले पाउन लागेकी हुन् । उनी आजै दिउँसो साढे ३ बजे राष्ट्रपतिसमक्ष कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको शपथ लिँदैछिन् ।
यादवको वहिर्गमनपछि रिक्त रहेको कानून मन्त्रालयको जिम्मेवारी स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सम्हाल्दै आएका छन् । यसका साथै
समाजवादी पार्टीले सरकार छाडेपछि कानून मन्त्रालयसँगै सहरी विकास मन्त्रालय पनि खाली छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *