TodayPati

११ महिनामा कण्डम सहित विदेशबाट भित्रियो १३ करोडको गर्भनिरोधक साधन

टुडेपाटी-

जनकपुरधाम, साउन १० गते ।

नेपालमा विदेशबाट गत आर्थिक वर्षमा करिब १ लाख २० हजार किलो कण्डम आयात भएको छ । ११ महिनाको अवधिमा नेपालले १ लाख ९ हजार ६ सय ५८ रुपैयाँको कण्डम र अन्य गर्भनिरोधक साधन किन्नको लागि १३ करोड १३ लाख ४९ हजार रुपैयाँ विदेश पठाएको छ ।

Sponsored

यो सामान ल्याउँदा सरकारले जम्मा ३ हजार रुपैयाँको भन्सार राजस्व उठाएको छ । गर्भनिरोधक साधनमा सामान्यत शून्य भन्सारमा आयात हुन्छ ।

१ किलोमा २ सय वटा मात्रै कण्डम चढ्दा १ कण्डमलाई ६ रुपैयाँ र ४ सय चढ्दा ३ रुपैयाँ पर्ने भए तापनि पसलेहरूले भने मनपरी रूपमा कन्डमको र अन्य गर्भनिरोधक साधनको पैसा लिने गरेका छन् ।

भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षको साउनदेखि जेट महिनासम्ममा ११ देशबाट गर्भनिरोधक साधन आएका छन् । जसमा सबैभन्दा धेरै भारतबाट ९० हजार ९८ किलो यस्तो साधन आएको छन् भने थाइल्याण्डबाट १० हजार ८ सय ४७ र चीनबाट ४ हजार ९ सय ८ किलो आयात भएको छ ।

Sponsored

त्यस्तै कम आउनेमा अमेरिकाबाट २ किलो, भुटानबाट ३ किलो, बंगलादेशबाट २४ र जर्मनीबाट ३९ किलो गर्भ निरोधक साधन नेपाल आयात भएको छ ।

थाइल्याणबाट ल्याउन गर्भनिरोधक साधनको लागि १ किलो बराबर ८ सय ५० रुपैयाँ खर्च भएको छ भने चीनबाट ल्याउनको लागि १ हजार तिर्नु परेको छ । तर, जर्मनीबाट ल्याउने यस्ता साधनको लागि १ किलो बराबर ४ हजार रुपैयाँ परेको भन्सार विभागको तथ्यांकले देखिएको छ ।

११ महिनाको अवधिमा बंगदादेशबाट ३९ हजार, भुटानबाट १ हजार, चीनबाट ५३ लाख ८५ हजार, जर्मनीबाट १ लाख ९३ हजार र भारतबाट १० करोड ७६ लाख ६० रुपैयाँको यस्तो साधन आयात भएको छ ।

त्यस्तै, कोरियाबाट ५५ लाख २५ हजार मलेसियाबाट ३४ लाख ५६ हजार, थाइल्याण्डबाट ९३ लाख ८८ हजार र अमेरिबाट १ हजार रुपैयाँ बराबरको यस्तो साधन आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *