TodayPati

पीपरा गाउँपालिकाको तालाबन्दी खुल्यो, भोली दुबै पक्षबिच बार्ता हुने

टुडेपाटी-
जनकपुरधाम, साउन १० गते ।

महोत्तरीको पीपरा गाउँपालिका र आन्दोलित जनता समाजवादी पार्टीबिच बार्ता हुने भएको छ । शुक्रबार जसपाले का स्थानीय नेता तथा कार्यकर्ताले तालाबन्दी गरेको थियो ।

गाउँपालिका र आन्दोलित पक्षबाट ५।५ जना बार्तामा बस्ने सर्तमा केहि समय पश्चात शुक्रबार नै तालाबन्दी खुलेको गाउँपालिका अध्यक्ष बिक्रम चौधरीले बताए ।

Sponsored

उनका अनुसार बार्तामा शनिबार दिउँसो नै जिल्ला प्रशासन कार्यालयमा दुबै पक्ष बस्ने समय किटान भएको थियो । तर केहि कारणबस शनिबार बस्न नसकिएकोले आइतबार बिहान १० बजे जिल्ला प्रशासन कार्यालयमा दुबै पक्ष बार्तामा बस्ने सहमति भएको पीपरा गाउँपालिका अध्यक्ष बिक्रम चौधरीले टुडेपाटीलाई जानकारी दिए ।

जसपाले विभिन्न २० बुँदे माग राख्दै केहीदिनअघि ज्ञावन वत्र बुझाएको थिाये । तर समयमै माग पुरा नभएको भन्दै जसपाले शुक्रबार नाराबाजी गर्दै तालाबन्दी गरेको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *