TodayPati

सप्तरीमा अझै रोकिएन संक्रमण, डाक्टरसहित १४ स्वास्थ्यकर्मी संक्रमित

शुभ नारायण यादव-
सप्तरी,साउन १० गते ।

सप्तरीकि विभिन्न क्वारेन्टाइनमा रहेका थप ७ जनामा शनिवार कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ४ सय २६ पुगेको हो ।

स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले दिएको जानकारी अनुसार पछिल्लो पटक रुपनी गाउँपालिका वडा नम्वर ५ का ३३ वर्षिय, ६ का ४० वर्षिय, शम्भुनाथ नगरपालिका १२ का २८ वर्षिय, २ का ४१ वर्षिय, ८ का ४५ वर्षिय पुरुषमा कोरोना पोजेटिभ पाईएको छ । यसैगरी अग्नीसाइर कृष्णासवरण गाउँपालिका वडा नम्वर १ का २८ वर्षिय र ५ का २३ वर्षिय पुरुषमा समेत कोरोना संक्रमणको पुष्टि भएको छ ।

Sponsored

यस अघि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएका ५० वर्षिय पुरुषमा शुक्रवार साँझ कोरोना संक्रमण पुष्टि भएको थियो । विष सेवन गरी भर्ना भएका उनमा कोरोना संक्रमण पाईएपछि साँझ ७ बजेदेखि राती १२ बजेसम्म अस्पताललाई सिल गरिएको थियो ।

अस्पतालको आकस्मिक कक्षसहित सम्पूर्ण वार्डहरुलाई सेनिटासेनिटाइज गरी आवश्यक व्यवस्थापन गरिसकेपछि अस्पताल पूर्ववत सञ्चालनमा आएको अस्पतालका निमित मेडिकल सुपरिन्टेन्डेन्ट डा. रञ्जीत कुमार झाले जानकारी दिए ।

यता आस्मिक कक्षमा कार्यरत ४ जना चिकित्सक तथा १० जना पारामेडिक्सलाई राजविराजस्थित एक होटेलमा क्वारेन्टाइन गरिएको छ । हाल २३ महिला र ८७ पुरुष गरी १ सय १० जन आइसोलेसनमा रहेका छन् । यता थपिएका नयाँ संक्रमितहरुलाई आइसोलेसनमा ल्याउने तयारी भईरहेको डा. झाले बताए ।

Sponsored

विगत केही दिन यता राजविराजमा कोरोनाका बिरामिहरुको संख्यामा बृद्धि भएपछि राजविराज नगरपालिकाले अर्को सुचना जारि नभए सम्मको लागि लकडाउन गरेपछि जनजिवन कष्टकर बन्दै गएका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *