TodayPati

धनुषाधाम नगरपालिकाको कार्यालयमा तालाबन्दी

टुडेपाटी-
जनकपुरधाम, साउन ९ गते ।

धनुषाको धनुषाधाम नगरपालिकाको प्रमुखमाथि विभिन्न आरोप लगाउँदै स्थानीयवासीले तालाबन्दी गरेका छन् ।

धनुषाधामका नगर प्रमुख बालेश्वर मण्डलले अनियमितताकै लागि अनावश्यकरुपमा विकास निर्माणको नाममा उपभोक्ता समितिको नाममा रकम हिनामिना गर्न खोजेको आरोप स्थानीयवासीले लगाउँदै तालाबन्दी गरेका छन् ।

धनुषाधामका नगर प्रमुख बालेश्वर मण्डलले आर्थिक चलखेल गर्दै अनावश्यक ठाउँमा विकास निर्माणका नाममा अनियमितता गर्न खोजेको आरोप लगाउदैँ स्थानीयवासीले नगरपालिकाको कार्यालयमा शुक्रबार तालाबन्दी गरेको हो ।

Sponsored

विकास निर्माणको नाममा जथाभावीरुपमा बाँध निर्माणका लागि उपभोक्ता समितिसंग मिलेर रकमको चलखेल गरेको भन्दै स्थानीयले असन्तुष्टी जनाउँदै नगरपालिकामा ताला लगाएका छन् ।

अनावश्यक ठाँउमा बाँध निर्माण गरेपछि अधिकांश वस्तीहरु डुबानमा परेको भन्दै पिडित सिकियाहा टोलवासीहरु नगरपालिकाको कार्यालयमा पुगेर आन्दोलन समेत गरेका छन् । डुबान प्रभावित सिकियाहा टोलका स्थानीयले नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्नुका साथै प्रदर्शन समेत गरेका छन् ।

धनुषाधाम नगरपालिकाका मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत र लेखापाल मिलेर भ्रष्टाचार गरेको स्थानीयवासीको आरोप छ । अहिले जनप्रतिनिधि र कर्मचारीहरुकै कारण आफुहरु डुबानको समस्याबाट गुज्रिनु परेको स्थानीयवासी रामप्रकाश यादवले गुनासो गरे ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *