TodayPati

समुदयायस्तरमा कोरोना फैलिएपछि वीरगञ्जमा भोलिदेखि अनिश्चितकालीन निषेधाज्ञा

टुडेपाटी-

वीरगञ्ज, साउन ९ गते ।

वीरगञ्जमा अनिश्चितकालीन निशेषधाज्ञा जारी गर्ने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको बृहत सर्वपक्षीय बैठकले शनिवारदेखि अनिश्चितकालीन निशेषधाज्ञा जारी गर्ने निर्णय भएको हो ।

Sponsored

कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा देखिन थालेपछि राजनीतिक दल, उद्योगी व्यवसायी समेतको सहभागीता रहेको बैठकले निषेधाज्ञाको निर्णय लिएको हो ।

कोरोना भाइरस संक्रमणको उच्च जोखिम न्युनिकरणकालागि मानिसहरुको आवागमन र घुमफिर नियन्त्रण गर्न आवश्यक देखिएको भन्दै यो निर्णय भएको हो ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार बैठकले निषेधाज्ञा जारी गर्नुकासाथै कोरोना परीक्षणको दायरा बढाउने निष्कर्षमा समेत पुगेको छ ।

Sponsored

परीक्षणका लागि आवश्यक पूर्वतयारी गर्न र नागरिकलाई सरसामानको जोहो गर्नका लागि शुक्रबार एक दिनबाहिर निस्कनका लागि दिइएको र यसपालिको निषेधाज्ञा पहिलेकोभन्दा अझ कडा हुने बस्नेतले जानकारी दिए ।

कोरोना भाइरसको संक्रमण रोक्न मानिसको आवागमन र घुमफिर नियन्त्रण गर्नुपर्ने, परीक्षणको दायरा बढाएर संक्रमितलाई समाजबाट अलग राख्न महत्वपूर्ण हुने बस्नेतले बताए ।

निशेषधाज्ञाको पालन गर्न र गराउन सहयोग गरिदिनुहुन समेत प्रशासन कार्यालयले आग्रह गरेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *