TodayPati

वीरगञ्जमा उपचारका क्रममा कोरोना संक्रमित ८५ वर्षीया वृद्धाको मृत्यु

टुडेपाटी-

वीरगञ्ज, साउन ९ गते ।

कोरोना भाइरसको संंक्रमणबाट वीरगञ्जमा एक वृद्धाको मृत्यु भएको छ । योसँगै नेपालामा कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या ४४ पुगेको छ ।

Sponsored

वीरगन्जस्थित गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा ८५ वर्षीया वृद्धाको शुक्रबार बिहान साढे ११ बजे मृत्यु भएको अस्पतालका कोओर्डिनेटर डा. उदयनारायण सिंहले जानकारी दिए ।

उनले भने, ‘उनी मुटुबाट ग्रसित थिइन् । केही दिनअघि निमोनिया भएर उनी वीरगञ्जमा रहेको एडभान्स अस्पतालमा भर्ना भएकी थिइन् ।’

साउन ७ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई बिहीबार एडभान्स अस्पतालबाट गण्डक अस्पतालमा ल्याइएको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *