TodayPati

एसिड आक्रमणबाट घाइते पवित्रालाई भेट्न अस्पताल पुगिन् मुस्कान

टुडेपाटी-
जनकपुरधाम, साउन ९ गते ।

एसिड आक्रमणबाट घाइते भएकी पवित्रा कार्कीलाई भेट्न वीरगन्जकी मुस्कान खातुन अस्पताल पुगेकी छन् ।

बिहीबार राति एसिड आक्रमणबाट घाइते भएकी ओखलढुङ्गा घर भइ सीतापाइला बस्दै आएकी २२ वर्षीया पवित्रालाई हौसला दिन उनी शुक्रबार बिहान कीर्तिपुरस्थित अस्पताल पुगेकी हुन् ।

कार्कीले अर्कै केटालाई मन पराएको भन्दै रौतहट घर भइ हाल डल्नु बस्ने मोहम्मद आलमले भारत घर भइ डल्लुमै बस्ने मुन्ना मोहम्मदमार्फत एसिड आक्रमण गराएको बताइएको छ । उनीहरु २ जना प्रहरी हिरासतमा छन् ।

Sponsored

खातुनमाथि पनि गत भदौमा एसिड आक्रमण भएको थियो । उनी अस्पतालमा उपचारपछि निको भइसकेकी छन् ।

पवित्रालाई भेट्न खातुनसहित समाजसेवी उज्वलविक्रम थापा पुगेका थिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *