बाबुराम भन्छन् : प्रधानमन्त्री ओलीको बिदाइ र न्यायाधीशलाई महाअभियोग लगाएर हटाऔँ
टुडेपाटी-
जनकपुरधाम, साउन ९ गते ।
पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले देशमा बढिरहेको संकटबाट मुक्तिका लागि ५ वटा प्रस्ताव अघि सारेका छन् ।
नेता भट्टराईले शुक्रबार बिहान सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै संसद अधिवेसन बोलाउने र केपी ओलीलाई विदा गरेर नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चयन गर्न प्रस्ताव गरेका छन् ।
उनले अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाउन पनि माग गरेका छन् ।
‘देश गम्भीर संकटतिर जाँदैछ । लोकतान्त्रिक ढंगले संकटमोचन गर्न यसो गरौं,’ भट्टराईले सारेका पाँच प्रस्तावमा भनिएको छ, ‘१. संसद अधिवेशन बोलाऊँ । २. केपी ओलीलाई विदा गरेर नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चयन गरौं । ३. अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाऊँ । ४. भ्रष्टाचार रोक्न शक्तिशाली लोकपाल गठन गरौं । ५. प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमा जाऊँ ।’
Sponsored
श्रमतीको हत्या गर्ने सशस्त्रका पूर्वडिआईजी रञ्जन कोइरालाको सजाय कम गरेर जेल मुक्त गरेको सन्दर्भमा भट्टराईले न्यायाधीशमाथि महाअभियोगको प्रस्ताव अगाडि सारेका हुन् ।