TodayPati

सर्लाही इन्काउण्टर : ८ प्रहरीलाई फिर्ता बोलाईयो, धनुषा प्रहरीले इन्काउण्टर गर्ने प्रहरीको हतियार खोस्यो

टुडेपाटी समाचारदाता
जनकपुरधाम, फागुन ५ गते ।
सर्लाहीको सागरनाथ वन क्षेत्रमा मारिएका नेत्रविक्रम चन्द समूहका सर्लाही इन्चार्ज कुमार पौडेलका हत्या प्रकरणमा प्रहरी प्रधान कार्यालयले तीन आरोपीलाई फिर्ता बोलाएको छ । तत्कालीन प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालको निर्र्देशनमा मुठभेडको नाममा हत्या गरिएको भनिएका प्रहरी निरीक्षक कृष्णदेव .(केडी) साह तथा हवल्दारद्वय श्रीविनोद साह र सत्यनारायण मिश्रलाई प्रहरी प्रधान कार्यालयमै फिर्ता बोलाइएको हो ।

उनीहरूसँगै २ नम्बरमा घुमुवाका रूपमा खटिएका अन्य पाँच जनालाई पनि फिर्ता बोलाइएको प्रहरी स्रोतले जानकारी दिएको छ । संघीय प्रहरी इकाई कार्यालय धनुषाले उनीहरूसँग भएका पेस्तोललगायतका हतियार पनि फिर्ता लिएको छ ।

तत्कालीन आईजीपी सर्वेन्द्र खनालले विशेष ब्युरोमा काज दरबन्दी कायम गरेर उनीहरूलाई प्रदेश २ अन्तर्गतका आठवटा जिल्लामा खटाएका थिए । उनीहरूबाटै गत असार ५ मा चन्द समूहका सर्लाही इन्चार्ज पौडेल सर्लाहीमै मारिएका थिए ।

Sponsored

दोहोरो मुठभेडमा पौडेल मारिएको दाबी गरिए पनि राष्ट्रिय मानवअधिकार आयोगले गत मंसिर ३ मा अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै घटना मुठभेडबाट नभई हत्या गरिएको जनाएको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *