TodayPati

समुदायस्तरमा कोरोना फैलिएपछि राजविराजमा निषेधाज्ञा जारी

टुडेपाटी-

जनकपुरधाम, साउन ७ गते ।

सप्तरीमा समुदायस्तरमा कोरोना फैलिएपछि राजविराज नगरपालिकामा निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ ।

Sponsored

भारतबाट उपचार गराएर फर्किएका वृद्धको साउन १ गते कोभिड-१९का कारण मृत्यु भएपछि कन्ट्याक्ट ट्रेसिङको क्रममा मृतकको सम्पर्कमा आएका परिवारका सदस्य तथा स्थानीयमा पनि संक्रमण देखिएको जिल्ला जनस्वास्थ्य प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

समुदाय स्तरमै कोरोना फैलिएपछि अनिश्चितकालको लागि बिहिबार विहान ५ बजेदेखि लागु हुने गरि निषेधाज्ञा जारी गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले बताए ।

बुधबार प्रमुख जिल्ला अधिकारी आचार्यको संयोजकत्वमा बसेको बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । आवश्यकता अनुसार राजविराजमा निषेधाज्ञा जारी राख्ने उनले बताए ।

Sponsored

यस भन्दा पहिले मंगलबार मात्र राजविराज नगरपालिकाले नगरभित्र अनिश्चितकालिन लकडाउन गर्ने निर्णय गरेको थियो । जिल्लाको तथ्यांक अनुसार सप्तरीमा अहिले सम्म ४ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकजनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

अतिआवश्यक सेवाहरु बाहेक अन्य सबै कुरामा रोक लगाइएको आचार्यले बताए। राजविराजमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम निषेधाज्ञा जारी गरिएको छ। निषेधाज्ञाको उल्लघंन गर्ने व्यक्तिलाई कानून बमोजिम कारवाही गरिने समेत जनाइएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *