TodayPati

जनकपुरमा फेरि खानेपानीमन्त्री मगरको राजीनामा माग्दै प्रदर्शन

टुडेपाटी-

जनकपुरधाम, साउन ७ गते ।

जनकपुरमा फेरि खानेपानी मन्त्री बिना मगरको राजीनामा माग्दै प्रदर्शन भएको छ । केही दिन अगाडि मेलम्ची खानेपानी आयोजनाको सुरुङ्ग अनुगमनमा इन्जिनियर सतीश गोइतको ज्यान सरकारको लापरबाहीले गएको भन्दै मन्त्री मगरको राजीनामा माग्दै युवाहरूले प्रदर्शन गरेका हुन् ।

Sponsored

जनकपुरको कदम चोकमा एक घण्टा सडक अवरुद्ध पारेर प्रदर्शन गरेका युवाहरूले सुरुङ परीक्षणको क्रममा इन्जिनियर गोइतको सरकारी लापारबाहीका कारण मृत्यु भएको भन्दै उनीहरूले मन्त्री मगरले राजीनामा, पीडित परिवारलाई उचित क्षतिपूर्ति, घटनाको निष्पक्ष हुनुपर्ने लगायतका माग राखेका छन् ।

मेलम्चीमा कमसल निर्माणका कारण सुरुङमा बगेर गोइतको मृत्यु भएको प्रदर्शनकारी युवाहरूको दाबी छ । आफूहरूले उठाएको माग पूरा नभए सशक्त आन्दोलनमा जाने उनीहरूले चेतावनी दिएका छन् । प्रदर्शनको क्रममा प्रहरीले अवरोध गर्न खोजेपछि केहीबेर प्रहरी र प्रदर्शनकारी युवाबीच चर्काचर्कीसमेत भएको थियो ।

यसअघि युवाहरूले मन्त्री मगरलाई बर्खास्त गर्नुपर्ने, घटनाको निष्पक्ष छानबिन, पीडित परिवारलाई क्षतिपूर्तिलगायतका माग राख्दै प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलामार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्रसमेत बुझाएका छन् ।

Sponsored

यसअघि जनकपुरमा घटनाको विरोधमा प्रदर्शन गर्दै युवाहरूले खानेपानी मन्त्री मगरको पुतलासमेत जलाएका थिए ।

गत मंगलबार मेलम्ची खानेपानी आयोजनको निरीक्षण गर्न पुगेका इन्जिनियर गोइत र उनका चालक राधाकृष्ण थापा मगर १७ नम्बर गेट फुट्दा वेपत्ता भएका थिए । गोइतको शव बुधबार फेला परेको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *