TodayPati

कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ४२ पुग्यो

टुडेपाटी-

जनकपुरधाम, साउन ७ गते ।

बुधबार नेपालमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ ।

Sponsored

मृत्यु हुनेमा एक विदेशी नागरिक समेत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार एक ४९ वर्षीया चिनियाँ महिलाको कोरोनाका कारण मृत्यु भएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार मृत्यु हुने चिनियाँ महिला स्वास्थ्यमा समस्या देखिएपछि पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।

Sponsored

स्वास्थ्य समस्या जटिल बन्दै गएपछि उनलाई साउन २ गते ग्रान्डी अस्पतालमा ल्याइएको र उपचारकै क्रममा कोरोना संक्रमणमा पुष्टि भएको थियो ।

कोरोना पुष्टि भएपछि ती महिलालाई त्रिवि शिक्षण अस्पताल ल्याइएकोमा उपचारकै त्रधmममा बुधबार उनको निधन भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *