अन्त्य भयो ४ महिना लामो लकडाउन
टुडेपाटी-
जनकपुरधाम, साउन ६ गते ।
गएकाे चैत ११ गतेदेखि सुरु भएको लकडाउन मङ्गलबार रातिदेखि हट्ने भएको छ ।
कोरोनाको जोखिम कायमै रहे पनि सङ्क्रमणको दर घटेकाले लकडाउन हटाइएको अर्थ एवं, सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता डाक्टर युवराज खतिवडाले जानकारी दिए । यसैबीच सरकारले पटक पटक लकडाउनकाे अवधि थप्दै आएकाे थियाे ।
तर कोरोनाको जोखिम बढेको स्थानमा भने निधेषित क्षेत्र घोषणा गर्न सकिने पनि उनले बताए ।
Sponsored