TodayPati

प्रदेश २ कै पहिलो ‘ईमरजेन्सी सेल्टर’ महोत्तरीमा निर्माण हुँदै

रञ्जन भण्डारी-
महोत्तरी, फागुन ४ गते ।

बाढी तथा अन्य विकभिन्न विपद व्यवस्थापन गर्न सघाउ पुग्ने उद्देश्यले प्रदेश २ कै पहिलो ईमरजेन्सी सेल्टर महोत्तरीमा निर्माण हुँदैछ ।

भवनमा विपदको समय उद्धार गरि ल्याइएका पीडितहरुलाई राखिनुका साथै विपदको समय आवश्यक सामग्रीहरु स्टोर गर्ने व्यवस्था समेत रहने छ । उक्त भवनमा कम्तिमा पनि पाँचसय पीडितलाई एक समयमा राख्न सक्ने क्षमता हुनेछ ।

Sponsored

महोत्तरीको मनरा सिस्वा नगरपालिका १ स्थित मनरा सिस्वा नगरपालिकाको भवन बन्ने स्थलमै भवन बाहेकको बाँकी जग्गामा निर्माण भइरहेको उक्त सेल्टर सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको संघीय आयोजना कार्यान्वय इकाई धनुषाले निर्माण गर्न ठेक्का लगाइसकेर निर्माण कार्य समेत सुरु भइसकेको छ । संघीय आयोजना कार्यान्वय इकाई प्रमुख गंगाप्रसाद यादवले आउदो एक वर्ष ६ महिना भित्र उक्त सेल्टर बनिसक्ने बताएका छन् । उनले तत्काल हेलिप्याडको व्यवस्था नरहने भएपनि भविष्यमा हेलिप्याड समेत थप गर्न मिल्ने गरि सेल्टरको डिजाइन गरिएको बताए ।

सेल्टर निर्माण गर्न जिम्मा पाएको सिद्धबाबा कन्स्ट्रक्सनले एक करोड ५७ लाख ६३ हजार रुपैयाँ भ्याटसहितको रकममा बनाउन लागेको सेल्टर आउदो बाढी भन्दा पहिले बनाइसक्ने निर्माण कम्पनीका आधिकारिक प्रतिनिधी ईन्जिनियर बिजय साहले बताए ।

सांसद र मेयर उत्साहित :
यता आपतकालिन सेल्टर निर्माण भइरहँदा उक्त क्षेत्रका सांसद समेत रहेका आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज सिंह कुशवाहा उत्साहित देखिएका छन् ।

Sponsored

उनले सदैव तराई मधेश क्षेत्र संघको उपेक्षामा रह्ने गरेपनि यो एउटा काम संघले राम्रो गरेको प्रतिकृया दिए । उनले प्रदेश सरकार स्वयम समेत विपद व्यवस्थापनको लागि विभिन्न योजनाहरु बनाइरहेको र चाँडै प्रदेश सरकारको तर्फबाट समेत बाढी लगायतका विभिन्न जोखिमपुर्ण विपदको लागि ठोस कार्यहरु गरिने बताए ।

त्यसतै मनरा सिस्वा नगरपालिकाका मेयर संजय सिंहले समेत सेल्टर निर्माणका लागि सवै आवश्यक सहयोग गरिरहेका छन् । उनले अतिआवश्यक सामग्री स्टोर गर्ने देखि ज्यान जोगाउन नै सेल्टरले अति महत्वपुर्ण भूमिका खेल्ने बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

2 thoughts on “प्रदेश २ कै पहिलो ‘ईमरजेन्सी सेल्टर’ महोत्तरीमा निर्माण हुँदै

  • February 16, 2020 at 6:03 pm
    Permalink

    Bibad ko men jokhim ma manara shiswa Napa ko wada no.6 and 7 ho kinki 6&7ko 2 side bat Nadi bagirahekochh.ahile biani raheko seltarko kaam chain yo only manarako lagi ho

    Reply
  • February 17, 2020 at 9:08 am
    Permalink

    Great news for manarasiswa

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *