TodayPati

हजारौं हेक्टरमा रोपिएका आँपको रुखमा देखियो नयाँ रोग,जसले रुख सुक्दै

टुडेपाटी-

जनकपुरधाम, साउन ५ गते ।

वातावरणमा आएको परिवर्तण सँगै महोत्तरी र धनुषामा हजारौँ हेक्टर क्षेत्रफलमा लगाएका आँपको रुखमा नयाँ किसिमको रोग देखापरेका छन् । आँपको रुखमा रोग लागेपछि महोत्तरी तथा धनुषाको कयौँ गाउँमा रहेको आँपको बोटनै सुक्न थालेको छ ।

Sponsored

आँपको रुखमा सुरुवातमा माकुराको जालो जस्तो लाग्ने गरेको र विस्तारै पात सुक्ने गरेको स्थानीय किसानहरुको गुनासो छ । रुखमा रहेको जालो आफै ठिकहुने अनुमान गरेपनि केहि समयमा रुखनै सुक्ने गरेको महोत्तरीको भंगहा नगरपालिकाका रामनरेश यादवले बताए । उनले भने, ‘सुरुमा त रुखमा माकुराको जालो लाग्यो तर पछि गएर रुखनै सुक्यो ।’

जालो लागेको रुखमा औषधी पनि राम्रोसँग काम नगरेको उनको गुनासो छ । त्यस्तै धनुषाको मिथिला नगरपालिकाका किसान सरोज रायले रुखमा अचानक रोग लागेको छ ।

पहिला यस्तो प्रकारको समस्या रुखमा नदेखिएपनि यस पटक रुखमा नौलो प्रकारको समस्या देखिएको रायले बताए । उनका अनुसार जालो लागेको रुखमा औषधी छर्कदा समेत कुनै असर गरेको छैन् ।

Sponsored

यता कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख शंकर प्रसाद साहले अहिले आँपको बोटमा भ्यावह अवस्थामा जालो देखिएपनि डराउनु पर्ने आवश्यकता नरहेको बताए । उनका अनुसार किसानहरु सजगता अपनाए समस्या न्युनिकरण हुनेछ ।

अहिले पानी निरन्तर रुपमा पानी परिरहेकोले किसानले रुखमा लागेको जालोलाई हातले वा आफू अनुकुल कुनै साधनले हटाएर नष्ट गर्‍यो भने ठुलोमात्रामा समस्या समाधान हुने प्रमुख साहले बताए ।

आँपमा जालो लगाउने किराले पातमा जालो लगाएर त्यसको भित्र बसेर रुखको पात खानेगरेकोले समस्या भ्यावह देखिएको छ । आँपको रुखमा जालो लागेकोले त्यसमा औषधि छर्कदा जालोको कारण किरामा औषधि नपुग्ने गरेकोले औषधीले समेत राम्रोसँग काम नगरेको अवस्थामा जालो लागेको पातलाई तोडेर नष्ट गर्दा धेरै मात्रामा समस्या समाधान हुने प्रमुख साहले बताए ।

धनुषा र महोत्तरीमा गरी करिब ४ हजार हेक्टर क्षेत्रफलमा आँपको खेती हुने गरेको छ । धनुषामा ३ हजार २ सय ३८ हेक्टर क्षेत्रफल र महोत्तरीमा १ हजार ७ सय १० हेक्टर जग्गामा आँप खेती हुने गरेको तथ्यांक छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *