TodayPati

आज प्रदेश २ मा बाढी र डुबानको उच्च जोखिम, सतर्कता अपानउन आग्रह

टुडेपाटी-
जनकपुरधाम, साउन ५ गते ।

निरन्तर भइरहेको वर्षाले बाढी, पहिरो र डुबानको उच्च जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार देशका धेरै जसो ठाउँमा भारी वर्षा भएको र थप वर्षा हुने थप वर्षको सम्भावना रहेको छ ।

प्रदेश २ को विभिन्न जिल्ला भएर बग्ने त्रियुगा, खाँडो, बलान खुट्टी, माउली, रातो, बिगही, झिम खोला, हर्दी खोला, मरहा खोला, लखनदेही लगायत साना तथा ठुला नदीमा अकास्मिक बाढी हुने सम्भावना रहेकाले सोमबार दिउँसोसम्म नदी, तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रमा नजान जलतथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

Sponsored

यस्तै नारायणी नदी कन्काई, कोसी, कमला, बागमती, तिनाउ, बबई, पश्चिम राप्तीका केही सहायक नदीमा बहाव सतर्कता तहसम्म पुग्ने सम्भावना रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अपिल गरेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *