TodayPati

ठोरीमा उखेलेर फ्यालेको सीमास्तम्भ रातारात गाडियो

टुडेपाटी-
पर्सा, साउन ४ गते ।

नेपाल भारतको सीमा छुट्याउने सीमास्तम्भ पर्साको ठोरी गाउँपालिका–२ स्थित राखिएको सीमास्तम्भ शनिबार दिउँसो उखेलेर फ्यालेको अवस्थामा भेटिएपछि राति नै सोही स्थानमा गाडिएको छ ।

सशस्त्र प्रहरी, नेपाल प्रहरी र ठोरी गाउँपालिकाका जनप्रतिनिधिको सहयोगमा राति करिब नौ बजे सीमास्तम्भ पुरानै स्थानमा गाडिएको ठोरी गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान् रामको जन्मभूमि भारत भएको अभिव्यक्ति दिएपछि एकाएक चर्चामा आएका ठोरीको सीता गुफा रहेको सुमेरु पहाडमा गाडिएको ४३६ नम्बरको सीमास्तम्भ शनिबार अपराह्न उखेलिएको अवस्थामा भेटिएको थियो ।

Sponsored

सो सीमास्तम्भ गाडिएको स्थानभन्दा ५ मिटर भारततर्फको भूभागमा उखेलेर फालेको अवस्थामा भेटिएको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट ठोरीका निरीक्षक दीपक दाहालले बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *