TodayPati

विकास दुबेका दुई साथी मारिए, प्रहरीले यसरी गरे इन्काउन्टर

टुडेपाटी-

जनकपुरधाम, साउन ४ गते ।

कानपुर शुटआउटको मुख्य अभियुक्त विकास दुबेको नजिकमा रहेका बउआ दुबे र प्रभात मिश्रापनि प्रहरी इन्काउन्टरमा मारिएका छन् । प्रभात मिश्रालाई प्रहरीले फरीदाबादको होटलबाट पक्राउ गरेको थियो । प्रभात प्रहरी हिरासतबाट भाग्न खोजेको बताइएको छ । त्यसपछि प्रभात मुठभेडमा मारिए ।

Sponsored

त्यसैगरि, इटावामा विकास दुबेका नजिकका बउआ दुबेको पनि मृत्यु भएको छ। प्रहरीका अनुसार बउआ दुबेले राति मेहेवाको नजिक राजमार्गमा स्विफ्ट डिजायर कार चोरी गरेका थिए । उनीसँग अन्य तीनजना पनि रहेको बताइएको छ । प्रहरीले चोरीको खबर पाउँने बित्तिकै सिभिल लाइन पुलिस स्टेशनको कचौरा सडकमा घेरा हालेको थियो ।

त्यसपछि पुलिस र बउआ दुबकोे बीच फायरिंग शुरु भएको बताइएको छ । यो गोलीबारीको क्रमम बउआ दुबे मारिए । यद्यपि उनका सबै साथीहरू भाग्न सफल भए । इटावा पुलिसले वरपरको जिल्लालाई सतर्क गराएको छ । बउआ दुबेको नाममा प्रहरीले ५० हजारको इनाम पनि राखेको थियो । उनी कानपुर गोलीबारीका एक आरोपी थिए ।

यसैबीच, प्रभात मिश्राको मुठभेडको बारेमा बताउँदै आईजी मोहित अग्रवालले पुलिस टोली प्रभातसँग फरीदाबादबाट आउँदै गरेको बताए । बाटोमा कार पंचर हुँदा त्यस समयमा प्रभातले पुलिसको हतियार खोसेर भाग्न खोजेका थिए । त्यसपछि प्रहरीले उनीमाथि गोलि चलाएको थियो र उनी प्रहरी इन्काउन्टरमा मारिए । केही प्रहरीहरू घाइते भएको बताइएको छ ।

Sponsored

कसरी प्रभात पक्राउ परे ?
विकास दुबे फरीदाबादको एउटा होटेलमा लुकिरहेको सूचना प्रहरीले पाएको थियो । सूचना पाएलग्त्तै प्रहरीले छापा मारेको थियो तर विकास दुबे त्यहाँ फेला परेनन् । तर प्रभात मिश्रा र दुई अन्य समातिए । प्रत्यक्षदर्शीहरूले होटलहरूमा गोली चलेको आवज सुनेको बताएका थिए ।

प्रहरीले प्रभात मिश्राबाट चार असलहे पनि टुक्रा बरामद गरेको थियो। चरमध्ये दुईबटा सरकारी असलहे रहेको बताइएको छ जुन २ जुलाईको रात आठजना प्रहरीको निर्मम हत्या पछि चोरी भएको थियो । राति प्रहरीको टोलीले प्रभात मिश्रालाई कानपुर ल्याउँदै थिए । त्यसपछि उनी भाग्न खोजे र इनकाउन्टरमा मारिए ।

अमर दुबे हिजो मारिए
यस अघि विकास दुबेका दाहिने हात मानिने अमर दुबे पनि इनकाउन्टरमा मारिएका थिए । अमर दुबे हमीरपुर जिल्लामा लुकिरहेको खबर प्रहरीले पाएको थियो । त्यसपछि आमारा दुबे मुठभेडमा मारिए । उनीमाथि ५० हजार रुपैयाँको इनाम थियो । प्रहरीले उनीबाट अटोमेटिक असलहा बरामद गरेको थियो।

गत जुलाई १० मा भारतका कुख्यात ग्याङस्टार विकास दुबे इन्काउन्टरमा मारिएका थिए । उनीविरुद्ध हत्या, अपहरण र फिरौती उठाउन संलग्न भएको भन्दै ६० भन्दा बढी अभियोग लागेको थियो । विकास दुबे र उनका साथिहरूको इनकाउन्टर पछि नेपाल–भारत प्रवेश गर्ने भैरहवा नाकामा सुरक्षा कडा पारिएको छ । आजतक

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *