कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १६ सय नाघ्यो, झण्डै ६० हजार संक्रमित
एजेन्सी, फागुन ४ गते ।
चीनमा कोरोना भाइरसबाट मर्नेको संख्या १६ सय नाघेको छ । चीनको हुपेइ प्रान्तस्थित वुहान शहरबाट महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म १ हजार ६ सय ६९ जनाको ज्यान गएको अन्तराष्ट्रिइ संचार माध्यमहरुले जनाएको छ ।
यस्तै कोरोना संक्रमितको संख्या ६९ हजार पुगेको छ । अहिलेसम्म चीनमा मात्रै यो भाइरसबाट एक हजार ६ सय ६५ जनाको ज्यान गइसकेको छ ।
भाइरसको केन्द्रबिन्दु हुबेई प्रान्तको वुहान शहरमा सबैभन्दा धेरै एक हजार एक सय २३ जनाले ज्यान गुमाइसकेका छन् ।
त्यसैगरी फिलिपिन्स, हङकङ, जापान र फ्रान्समा कोरोनाबाट एक(एक जनाको ज्यान गएको छ ।
कोरोना संक्रमणबाट शनिबार फ्रान्समा पहिलोपटक एक जनाको मृत्यु भएको छ । फ्रान्स घुम्न गएका चिनियाँ पर्यटक महिलाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
Sponsored
अहिलेसम्मको तथ्यांकअनुसार कोरोनाबाट चीनमा मात्रै ६६ हजार ४ सय ९२ संक्रमित छन् । विश्वका अन्य २५ मुलुकमा ६ सय ५ जना संक्रमित भएको पाइएको छ । नौ हजारभन्दा बढी उपचारपछि अस्पतालबाट डिस्चार्ज भएको चिनियाँ अधिकारीहरुले बताएका छन् ।