TodayPati

नेल्सन मण्डेलाकी छोरीको कोरोना संक्रमणबाट मृत्यु

टुडेपाटी-

जनकपुरधाम, साउन १ गते ।

दक्षिण अफ्रिकामा प्रजातन्त्रिक रुपमा निर्वाचित पहिलो राष्ट्रपति नेल्सन मण्डेलाकी कान्छी छोरी जिन्द्जी मण्डेलाको मृत्यु भएको छ । ५९ वर्षको उमेरमा उनको जोहान्सवर्गमा मृत्यु भएको हो ।

Sponsored

मृत्युपछि उनी कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित रहेको पुष्टि भएको छ ।

उनका छोरा जोन्डवा मण्डेलाले सार्वजनिक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा अहिलेसम्म कोरोनाकै कारण उनको मृत्यु भएको विषयमा आफू स्पष्ट नरहेको बताएका छन् ।

कोरोना परीक्षणको रिपोर्ट आएपनि पोष्टमार्टमको रिपोर्ट भने आउन बाँकी रहेकाे उनले बताएका छन् । साथै उनले शुक्रबार बिहान आफ्नी आमाको अन्त्येष्टि गरिएको बताएका छन् । बीबीसी

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *