चितवनका थप ८ जनामा कोरोना संक्रमण
टुडेपाटी-
चितवन, असार ३१ गते ।
चितवनमा थप आठ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा मंगलबार गरिएका तीन सय आठ नमुना परीक्षणमध्ये १९ वटा नमुनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पिसिआर परीक्षणबाट पोजेटिभ नतिजा आएका १९ नमुनामध्ये आठ वटा चितवनको माडी नगरपालिकाभित्रका आठ जना पुरुषको रहेको छ । चितवनमा मङ्गलबार थपिएका आठ जना सबै माडी क्वारेन्टिनमा बसेकाहरु हुन् । योसँगै चितवनमा कोरोना संक्रमितको संख्या एक सय आठ पुगेको छ ।
कोरोना संक्रमण पुष्टि भएका थप ११ जना नवलपरासी (सुस्तापूर्व) का हुन् । उनीहरुमध्ये दुई जना पुरुष कावासोती नगरपालिका र आठ जना पुरुष एवं एक जना महिला गरी नौ जना बुलिङ्टार गाउँपालिकाभित्रका रहेका प्रयोगशालाका प्रमुख डा. नितु अधिकारी जानकारी दिए ।
देशभर कोरोना संक्रमितको संख्या घट्दो देखिएपनि चितवन र नवलपरासीमा भने कोरोना संक्रमित थपिने क्रम रोकिएको छैन ।
Sponsored