TodayPati

स्वीस बैंकमा प्रधानमन्त्री ओलीको ५५ लाख डलर नरहेको प्रेस सल्लाहकार थापाको दावी

टुडेपाटी-
काठमाडौं, असार ३१ गते ।

स्वीस बैंकमा प्रधानमन्त्री केपी शर्मा ओलीको ५५ लाख डलर रहेको समाचार निराधार रहेको प्रेस सल्लाहकार सूर्य थापाले दावी गरेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले मंगलबार बिहान प्रेस विज्ञप्ती जारी गरी ‘ग्लोबल वाच एनाइसिस’को हवाला दिँदै प्रकाशित समाचारहरु गैरजिम्मेवारपूर्ण र बदनियताका साथ प्रकाशित भएको दाबी गरेका छन् ।

प्रेस विज्ञप्तीमा उनले प्रधानमन्त्री ओलीको स्वीस बैंकमा खाता र ५.५ मिलियन अमेरिकी डलर जम्मा रहेको रिपोर्ट शतप्रतिशत गलत र कपोलकल्पित रहेको उल्लेख गरेका छन् । ग्लोबल वाच एनालाइसिसले एक सामग्री प्रकाशित गर्दै ओलीमाथि भ्रष्टाचारको आरोप कुनै नयाँ कुरा नभएको उल्लेख गर्दै स्वीस बैंकमा ओलीको पैसा रहेको दाबी गरेको थियो ।

Sponsored

प्रेस बक्तव्यमा सल्लाहकार थापाले लेखेका छन् ‘तथाकथित रिपोर्ट शतप्रतिशत गलत र कपोलकल्पित रहेको स्पष्ट गर्दछु । जुनसुकै दुर्नियतका साथ तयार गरी सम्प्रेषित यस्ता तथ्यहीन सामग्रीहरूलाई आधार मानेर समाचार बनाई नेपाली जनतामा भ्रम छर्न र प्रधानमन्त्रीज्यूलाई बदनाम गर्न उद्यत यस्ता कतिपय सञ्चारमाध्यमहरूको रवैया खेदजनक छ।’

उनले नेपालीहरूलाई यस्ता कुनै पनि दुष्प्रचारको भ्रममा नपर्न हार्दिक आह्वान समेत गरेका छन् । सम्बन्धित निकायहरूले पत्रकारिताको न्यूनतम जवाफदेहिता, जिम्मेवारीबोध र सामाजिक मर्यादा एवं शिष्टाचारविपरीत कार्यमा संलग्न व्यक्ति र संस्थाहरूमाथि कडा कारबाही गर्न मागसमेत उनको माग छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *