सप्तरी मालपोतका नासु १३ हजार घुससहित रंगेहात अख्तियारको फन्दामा
शुभ नारायण यादव-
सप्तरी, असार ३० गते ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भूमी सुधार तथा मालपोत कार्यालय राजविराजका एक कर्मचारी घुस रकमसहित रंगेहात पक्राउ परेका छन् ।
आयोगका टोलीले मंगलबार घुस रकमसहित मालपोत कार्यालय सप्तरीका मुद्दा फाँटका नायब सुब्बा कृष्णबल्लभ ठाकुरलाई पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले जानकारी दिए ।
जग्गा सम्बन्धी मुद्धामा एक सेवाग्राहीसँग १३ हजार रुपैयाँ घुस लिदै गर्दा ठाकुरलाई आयोगको अपरेशन टोलीले पक्राउ गरेको उनले बताए ।
पक्राउ परेको उनलाई आयोगकै टोलीले लगेका सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाइँले बताए । पछिल्लोपटक मालपाेत कार्यालय सप्तरीमा अनलाइन प्रणालीकाे नाममा सेवाग्राहीलाई दुख दिने तथा घुस खाने काम बढेकाे सेवाग्राहीहरुकाे आरोप छ ।
Sponsored