TodayPati

प्रदेशसभा सांसद शाहीलाई कोरोना पुष्टि

टुडेपाटी-

सुर्खेत, असार ३० गते ।

कर्णाली प्रदेशसभाको विपक्षी दलका नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई कोरोना भाइरस संक्रमण भएको छ ।

Sponsored

सांसद शाहीको सोमबार साँझ गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य शाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

‘दुइ दिनअघि स्वाब संकलन गरिएको थियो । हिजो साँझ परीक्षण गर्दा पीसीआर रिपोर्ट पोजेटिभ आयो’, तिवारीले मंगलबार भने, ‘उहाँको सम्पर्कमा आएका सांसददेखि पत्रकारसम्मको परीक्षणका लागि स्वाब संकलन भइरहेको छ ।’

कोरोना पुष्टि भएपछि उनी स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा सेल्फ आइसोलेसनमा बसेका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *