TodayPati

महोत्तरीमा निर्घात कुटपिटबाट सासु बुहारी गम्भीर घाइते

टुडेपाटी-
जनकपुरधाम, असार ३० गते ।

महोत्तरीमा आपसी विवादमा सासु बुहारीमाथि निर्घात कुटपिट भएको छ । महोत्तरीको सम्सी गाउँपालिका ५ पोखरभिण्डाकी ५८ वर्षीया जनकदुलारी यादव र उनकी बुहारी २५ वर्षीया अञ्जु देवी यादवलाई निर्घात कुटपिट भएको हो ।

कुटपिटबाट जनकदुलारी देवीको टाउको फुटेपछि उनी गम्भीर घाइते भएकी छन् भने बुहारी अञ्जुदेवीको पनि टाउको फुट्नुको साथै बायाँ कानमा गम्भीर चोट लगोको छ । दुबैजनालाई प्रादेशिक अस्पतालबाट थप उपचारको लागि पीपी कोइराला विज्ञान प्रतिष्ठान धरान रेफर गरेको जनाएको छ ।

Sponsored

जनकदुलारीको घरको छानो छाउने क्रममा दियादी पर्ने नितिश कुमार भन्ने निशान्त निरालाका परिवारले दुबैजनालाई फलामे रड, खन्ती र ढुंगामुढाबाट आक्रमण गरी घाइते बनाएको पीडितकी छोरा ओपेन्द्र यादवले बताए ।

निरालासंगै उनका परिवारका सदस्यहरु रामनिवास यादव, राजाराम यादव, विमलेश यादव र अशोक यादवले संयुक्त रुपमा निर्घातकुटपिट गरी आफ्नी आमा र भाउजूलाई घाइते बनाएको ओपेन्द्रले दुखेसो सुनाए ।

कुटपिट गर्ने निराला र पवन यादवका परिवारबिच आइतबार दिउँसो २ बजे घरछाउने विषयमा विवाद भएको थियो । निराला लगायतले आफुलाई कुटपिट गरेपछि छुटाउन आएपछि आमा र भाउजुलाई आक्रमण गरी गम्भीर घाइते बनाएको उपेन्द्रको भनाई छ ।

Sponsored

यस विषयमा पोखरभिण्डा प्रहरीचौकीले केहि प्रतिक्रिया दिन चाहेनन् ।
स्थानीय कैलाश यादवका अनुसार निशान्त र पवनका परिवारबिच सम्पतिको लागि पाँचदशकदेखि विवाद छ । अदालतमा समेत दुबै बिच मुद्दा चलिरहेको छ । अदालतले खेतीपाती गर्न पाउने अधिकार पवनलाई दिएपनि निशान्तले पवनलाई खेतीपाती गर्न दिएका छैनन् । घर निर्माण र बघारामा जान रोक लगाएका छन् । पटक पटक गाउँमा छलफल हुँदा समेत प्रहरी प्रशासनको आडमा निशान्तले पवनका परिवारलाई दुःख दिने काम गर्दै आएको स्थानीय कैलाश यादवको भनाइ छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *