TodayPati

तनहुँमा पहिरोका कारण ६ जनाको मृत्यु, अझै ५ जना बेपत्ता

टुडेपाटी-

तनहुँ, असार २९ गते ।

अविरल बर्षासंगै आएको पहिरोका कारण तनहुँमा ६ जनाको मृत्यु भएको छ । पहिरोका कारण ५ जना बेपत्ता भएका छन् भने दुई जना घाईते भएका छन् ।  

Sponsored

सोमबार बिहान गएको बाढीपहिरोका कारण ६ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरिक्षक अरुण पौडेलले जानकारी दिए ।

उनले भने, ‘व्यास नगरपालिकामा ३ जना, म्याग्दे गाउँपालिकामा १ जना र ऋषिङ गाउँपालिकामा १ जनाको मृत्यु भएको छ ।’

व्यास नगरपालिका–९, माँझफाटमा केशर थापाको घरमा पहिरो जाँदा पुरिएर ४० वर्षीय कमला थापा, २४ वर्षीय मनोज थापा, २१ वर्षिय अन्जना थापाको मृत्यु भएको एसपी पौडेलले बताए । सोही पहिरोमा परी १९ वर्षिय राजेश थापा बेपत्ता भएका छन भने घरधनी केशर थापा घाइते भएका छन्। खुट्टामाचोट लागेका उनलाई उपचारका लागि दमौली ल्याइदै गरेको तनहुँ प्रहरीले जनाएको छ ।  

Sponsored

त्यसैगरी व्यास नगरपालिका–५ मा पहिरोमा परी ६० वर्षिय मैतीकुमारी थापाको मृत्यु भएको छ । म्याग्दे गाउँपालिकामा गएको पहिरोमा १७ वर्षिय लक्ष्मी वि.क र ऋषिङ गाउँपालिका – ८, भैसीखिलीमा आन बहादुर थापाको घरपहिरोमा पुरिदाँ उनको ३० वर्षीय छोरा भेष बहादुर थापाको मृत्यु भएको छ। सोही परिवारका अन्य ४ जना बेपत्ता र १ जना घाइते भएको छन् ।  

बेपत्ता हुनेहरुमा वर्ष ३० को नानुमाया थापा, उनकी छोरी ५ वर्षिय अमिसा थापा, २२ को मानदेव थापा उनकी श्रीमती मनिसरा थापा रहेका छन् । घाइते ६० वर्षिय ज्योतीमाया थापाको पोखरामा उपचारभईरहेको छ। पहिरोमा बेपत्ता भएकाको स्थानीय बासिन्दा, प्रहरी र नेपाली सेनाको सहयोगमा खोजी कार्य भईरहेको छ । आइतबार बेलुकादेखी नै अबिरल परेको वर्षाका कारण तनहुँ भएर प्रवाहित हुने नदि तथा खोलामा पानीको वहाव समेत बढेको छ ।  

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *