TodayPati

नेपालबारे भ्रम फैलाउने यी ४ बाहेक सबै भारतीय न्युज च्यानल आजदेखि खुल्यो

टुडेपाटी

जनकपुरधाम, असार २८ गते ।

नेपाल विरुद्ध अफवाह फैलाउने ४ वटा भारतीय न्युज च्यानल बाहेक सबै न्युज च्यानल खुल्ने भएको छ ।

Sponsored

मल्टि सिस्टम अपरेटरहरुको आइतबार बसेको बैठकले चार न्युज च्यानेल बाहेक अन्यलाई खोल्ने निर्णय गरेको हो ।

भारतीय न्यूज च्यानलहरु जी–न्यूज, आजतक, इन्डिया टिभि र एबीपी न्यूजमाथिको प्रतिबन्धलाई कायमै राखी बाँकीलाई आजदेखि खुला गर्ने निर्णय भएको मेगा म्यास टेलिभिजनका अध्यक्ष दिनेश सुवेदीले जानकारी दिए ।

‘हामीले फेक–न्यूज प्रसारण गर्ने ४ वटा च्यानललाई बन्द नै राख्ने र अरुलाई आजदेखि खुला गर्ने निर्णय गर्यौं’ अध्यक्ष सुवेदीले भने, ‘उनीहरुले माफी त मागिसकेका छन्, तर पनि अहिलै खोल्नु उपयुक्त नहुने धारणा धेरै साथीहरुबाट आयो । त्यसैले ती च्यानललाई बन्द नै राख्ने निर्णय गरिएको हो ।’

Sponsored

नेपाल र चीनको विषयलाई जोडेर पछिल्लो समय भारतीय न्यूज च्यानलहरुले आफवाह फैलाउँदै आएका छन् । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीलाई जोडेर अनलर्गल प्रचार गरेपछि नेपालीहरु चिढिएका थिए ।

सोही कारण मल्टि सिस्टम अपरेटरहरुले गत बिहीबारदेखि दूरदर्शन बाहेक सबै भारतीय न्यूज च्यानलहरु बन्द गर्ने निर्णय गरेका थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *