TodayPati

बीबीसीका पत्रकार बृजकुमार यादव विरुद्ध उजुरी, सांसदद्वारा कारबाहीको माग

टुडेपाटी-

जनकपुरधाम, असार २८ गते ।

बीबीसीका जनकपुरको पत्रकार बृजकुमार यादवबिरुद्ध उजुरी परेका छन् । राजर्षि जनक पतञ्जली योग साधना केन्द्र जनकपुरको अध्यक्ष विरेन्द्र कुमार यादवले साधना केन्द्रमा तोडफोड गरेको भन्दै अध्यक्ष यादवले पत्रकार यादव विरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका हुन् । 

Sponsored

योग साधना केन्द्रको साधक साधिकाहरु सहित सीडीओ कार्यालय पुगेका अध्यक्ष यादवले आइतबार प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलालाई निवेदन पत्र बुझाई उजुरी दिएका छन् ।  यसअघि आइतबार नै राजर्षि जनक पतञ्जली योग साधना केन्द्रले एक पत्रकार सम्मेलन गरी पत्रकारिता जस्तो सम्मनित पेशामा लागे पनि बीबीसीको जनकपुरधामका पत्रकार आफ्नो जग्गाको बाटो बनाउनका लागि सार्वजनिक सम्पतिमा गरेको तोडफोडप्रति आपत्ति जनाए ।

केन्द्रका संरक्षक एवं प्रदेश दुईको प्रदेशसभा सदस्य कौशल यादवले पत्रकार बृजकुमार यादवले आफ्नो विवादित जग्गाको बाटो बनाउनका लागि गुण्डाशैलीमा सार्वजनिक सम्पतिमा तोडफोड गरेको आरोप लगाए ।

पत्रकार यादवले पत्रकारिताको दम्भ देखाउँदै बल प्रयोग गरी गरेको क्षतिको क्षतिपूर्तीका साथै कानूनी कारबाहीको उनले माग गरे । 

Sponsored

पत्रकार यादव जनकपुर टुडे मिडिया ग्रुपका संचालक पनि हुन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *