सरिता गिरीले सर्वोच्च अदालतमा गरिन् रिट दायर
टुडेपाटी-
काठमाडौं, असार २८ गते ।
केही दिन अगाडि समाजवादी पार्टीबाट निष्कासित भएकी सांसद सरिता गिरीले सर्वोच्च अदालतमा रिट दायर गरेकी छन् ।
गिरीले संघीय संसद प्रतिनिधिसभा, संघीय संसद सचिवालय, निर्वाचन आयोग, तत्कालीन समाजवादी पार्टी, हालको जनता समाजवादी पार्टीलाई विपक्षी बनाएर रिट दायर गरेकी हुन् ।
समाजवादी पार्टीको केन्द्रीय समितिले गर्नुपर्ने निर्णय केन्द्रीय कार्यकारिणी कमिटीले गरेर आफ्नो हक अधिकार खोसेको उनको जिकिर छ । पार्टीको केन्द्रीय कार्यकारिणीको निर्णय अवैधानिक भन्दै उनले रिट दायर गरेकी हुन् ।
समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणीको निर्णयअनुसार संघीय संसद प्रतिनिधिसभा सदस्य पदबाट उनी असार २५ गते बिहीबार निष्कासित भएकी थिइन् ।
Sponsored
लिम्पियाधुरा लगायतका अतिक्रमित क्षेत्र समेटि सरकारले नयाँ नक्सा प्रकाशन गरेपछि उनले त्यसको विरोध गरेकी थिइन् ।
उनले निशान छाप सम्बन्धी संबिधान संशाेधन प्रस्ताव खारेज गर्न माग गर्दै संशाेधन हालेकी थिइन् भने पार्टीकाे ह्वीप उल्लंघन गर्दै संविधान संशाेधनकाे मतदान बहिष्कार गरेकी थिइन् ।
समाजवादी दलले गठन गरेकाे छानबिन समितिले दिएकाे प्रतिवेदनका आधारमा पार्टीको केन्द्रीय कार्यकारिणी समितिले उनलाई साधारण सदस्यसहित संसद सदस्यबाट हटाउने निर्णय गरेकाे हाे ।