TodayPati

दुबईमा लुकिछिपी बस्दै आएका ३३ किलो सुनकाण्डका आरोपी पक्राउ

टुडेपाटी-

जनकपुरधाम, असार २७ गते ।

३३ किलो सुन तस्करी काण्ड तथा सनम शाक्य हत्या प्रकरणका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । 

Sponsored

इन्टरपोलद्वारा रेड नोटिस जारी गरिएका काभ्रेका हरिशरण खड्कालाई शनिबार बिहान त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक निरजबहादुर शाहीले जानकारी दिए । 

उनी हिमालय एयरको जहाजबाट काठमाडौं आएका थिए । दुबईमा लुकिछिपी बस्दै आएका उनलाई अध्यागमन विभागले रोकेर प्रहरीको जिम्मा लगाएको शाहीले बताए । खड्कालाई मोरङ लैजाने तयारी भइरहेको छ । 

अध्यागमन विभागका अनुसार खड्कालाई आफू ‘रेड नोटिस’ रहेको थाहा थिएन । प्रहरीले उनलाई फेला पारे पक्राउ गर्न चिठी लेखेको थियो ।

Sponsored

अध्यागमन विभागका महानिर्देशक रमेश केसीले भने,’हाम्रो सिस्टममा ब्लाक लिष्टेड रहेको देखिएपछि सोधीखोजी गर्दा उनी सुनकाण्डका अभियुक्त रहेको थाहा भयो।’

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *