TodayPati

पाटन अस्पतालमा सिन्धुपाल्चोकका पुरुषको कोरोनाबाट मृत्यु

टुडेपाटी-

जनकपुरधाम, असार २७ गते ।

नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपालधाप गाउँपालिकाका एक पुरुषको मृत्यु भएको हो ।

Sponsored

पाटन अस्पतालमा शुक्रबार मिर्गौलासम्बन्धी रोगको उपचारका क्रममा उनको मृत्यु भएको पाटन स्वास्थ्‍य विज्ञान प्रतिष्ठानका निर्देशक डा. विष्णुप्रसाद शर्माले पुष्टि गरेका छन् ।

मृतक पुरुषको मृत्युबारे जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव काफ्लेले भने, ‘उपचारका लागि काठमाडौँको पाटन अस्पताल जानुभएको थियो । उहाँको स्वास्थ्य परीक्षण गराउँदा कोरोना पोजेटिभ देखाएपछि त्यही राखिएको थियो’ उनले भने, ‘हिजो राति मृत्यु भएको जानकारी आयो ।’

सिन्धुपाल्चोकमा शनिबार थप ५ जनामा कोरोना देखिएको डिएसपी काफ्लेले बताए। ‘आज थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ६१ पुगेको छ’ उनले भने ।

Sponsored

सिन्धुपाल्चोकमा यसअघि बाह्रविसे नगरपालिका ९ राम्चेको सुत्कोरी महिलाको कोभिडकै कारण नेपालमै पहिलो मृत्यु भएको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *