TodayPati

पहिरोमा बेपत्ता भएका ३४ मध्ये १२ जनाको शव भेटियो

टुडेपाटी-

म्याग्दी, असार २७ गते ।

शुक्रबार पहिरोमा परेर बेपत्ता भएका ३४ जनामध्ये १२ जनाको शव फेला परेको हो । शनिबार बिहानसम्म १२ जनाको शव फेला परेको छ भने २२ जना अझै हराइरहेको म्याग्दीका प्रहरी प्रमुख डिएसपी किरण कुँवरले जानकारी दिए ।

Sponsored

उनका अनुसार मृतकहरुको पहिचान भने खुल्न बाँकी छ । शुक्रबार पहिरोमा परि म्याग्दीको धौलागिरि गाउँपालिका ६ मराङमा २१ जना, मालिका गाउँपालिका ७ बिममा ८ जना र मालिका ६ मा दुखुमा एक जना बेपत्ता भएका थिए ।

मराङमा १० जना र रघुगंगा गाउँपालिकाको ठाडाखानीमा २ जना गरी १२ जनाको शव फेला परेको हो धौलागिरी गाउँपालिका ६ का वडाध्यक्ष राजाराम सुवेदीले जानकारी दिए । बेपत्तामध्ये तीन जनाको शव हिजै फेला परेको थियो भने शनिबार बिहान ९ जनाको शव भेटिएको हो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *