देशैभर बाढी पहिरोको कहर : एकैदिन २३ जनाको ज्यान गयो, ३६ बेपत्ता, २६ घाइते
टुडेपाटी-
काठमाडौं, असार २६ गते ।
देशभर वर्षासंगै आएको बाढी पहिरोले एकैदिन शुक्रबार मात्र २३ जनाको ज्यान गएको छ । अन्य ३६ जना बेपत्ता भएका छन् भने २६ जना घाइते भएको गृह मन्त्रालयले जानाएको छ ।
गृह मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार म्याग्दी, लमजुङ, कास्की, रुकुम पश्चिम, जाजरकोट र गुल्मीमा गरी ज्यान गुमाएका छन् ।
कास्कीमा ७ जनाको ज्यान गएको छ १७ जना घाइते भएका छन् । म्याग्दीमा ३ जनाको ज्यान गएको छ भने ३१ जना अझै बेपत्ता छन् । लमजुङमा ३ जनाको ज्यान गएको छ भने ३ जना घाइते भएका छन् । यस्तै रुकुम पश्चिममा २ जनाको ज्यान गएको छ भने १ जना घाइते भएको गृहमन्त्रालयले जानकारी दिएको छ ।
जाजरकोटमा पहिरोका कारण ७ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएको भएका छन् । यस्तै त्यहाँ ५ जना बेपत्ता छन् । गुल्मीमा एक जनाको ज्यान गएको छ ।
यसअघि बिहीबार सिन्धुपाल्चोकमा बाढी पहिरोमा परी २ जनाको ज्यान गएको थियो । २१ जना बेपत्ता छन् । त्यहाँ ७ जना घाइते भएका छन् । बेपत्ताहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
बिहीबार र शुक्रबार गरी दुईदिनमै देशभर बाढी पहिरोबाट २५ जनाको मृत्यु भएको छ भने ५७ जना अझै बेपत्ता भएका छन् ।
आइतबारसम्म निरन्तर वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
Sponsored