TodayPati

सप्तकोशी नदीमा खतराको संकेत, ३० वटा ढोका खोलियो

टुडेपाटी-

सप्तरी, असार २६ गते ।

सप्तकोशी नदीमा पानीको बहाव यो वर्षकै उच्च मापन गरिएको छ । नदिमा शुक्रबार बिहान १० बजे पानीको बहाव २ लाख ७ हजार ७१५ क्यूसेक मापन भएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।

Sponsored

यो पानीको बहाव यो वर्षकै उच्च हो । ब्यारेजमा खतराको संकेत रातो बत्ती समेत बालिएको छ ।
पहाडी क्षेत्रमा निरन्तरको वर्षासँगै आएको बाढीका कारण सप्तकोशी नदीमा पानीको बहाव उच्च मापन भएको हो ।

कोशीमा पानीको बहाव बढ्दो क्रममा रहेका कारण ५६ मध्ये ३० वटा ढोका खुला गरेको कन्ट्रोल रुमले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *