सप्तरीमा भारतको तुलनामा खाडी मुुलुकबाट आउनेहरुमा कोरोना संक्रमण बढ्दै
शुभ नारायण यादव-
सप्तरी, असार २६ गते ।
कोभिड १९ अथाृत कोरोना भाइरसका कारणले संसारनै त्रसित बनेको बेला सप्तरीमा भारतको तुलनामा खाडी मुलुकबाट आउनेहरुमा संक्रमण बढ्दै गएको छ । सप्तरीमा पछिल्लो १५ दिनको अवधिमा भारतबाहेक तेश्रो मुलुकबाट घर फर्किनेहरु मध्येबाट २५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।
रोजगारीको सिलसिलामा कतार, मलेशिया, कुवेत, बहराईन लगायतका स्थानहरुमा रहेकाहरु हालै हवाई मार्ग प्रयोग गरी काठमाडांै हुदै गृहजिल्ला आईपुगेपछि गरिएको पिसिआर परिक्षणका क्रममा कोरोना पोजेटिभ पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार हाल राजविराजस्थित साईकृष्णा अस्पतालको आईसोलेशन कक्षमा १ सय ५४ जना कोरोना संक्रमितहरु उपचार गराइरहेका छन् । जसमध्ये १ सय २९ जना भारतका र १५ दिनको अवधीमा तेश्रो मुलुकबाट फर्किएकाहरु मध्येबाट २५ जना संक्रमितहरु उपचार्थ छन् ।
१५ दिनको अवधीमा तेश्रो मुलुकबाट फर्किएका मध्येबाट २५ जनामा पोजेटिभ देखिनु गम्भिर विषय भएको भन्दै स्वास्थ्य प्रमुख यादवले सम्बन्धित देशले फिर्ता पठाउँदा परिक्षण नगर्नु र काठमाडौंस्थित अन्तराष्ट्रिय विमानस्थलमा समेत भरपर्दाै जाँच हुन नसक्दा जिल्लामा चुनौती थपिएको बताउनुभयो ।
यता आईसोलेशन वेडको अभावमा कोभिड–१९ का संक्रमित राख्न समस्या भइरहेको बेला नेपाली सेनाले थप ७५ आईसोलेशन बेडको ब्यवस्थापन गरेको छ । नेपाली सेनाको भिमदल गणबाट खटिएको प्राविधिकसहितको २५ सदस्यीय टोलीले लगातार ५ दिनको प्रयासमा थप ७५ बेडको व्यवस्थापन गरेको हो ।
Sponsored
जिल्लाकै एकमात्र आईसोलेशन वार्ड बनाइएको राजविराजस्थित साईकृष्णा अस्पतालमा यस अघि प्रदेश सरकारको सहयोग तथा गण कै सेनाको प्राविधीक टोलीको श्रमदानबाट १ सय ३ वेडको सुविधा सम्पन्न आईसोलेशन कक्ष निर्माण गरिएको थियो । तर संक्रमितको संख्या बढ्दै गई बेडको अभाव भएपछि सेनाले थप ७५ वटा आइसोलेशन वेड तयार गरेको भीमदल गणका प्रमुख सेनानी गुप्त वहादुर कुवँरले बताउनुभयो ।
सप्तरीमा हालसम्ममा कोरोना संक्रमितको कुल संख्या ३ सय ३० पुगेको छ । जसमध्ये १ सय ७६ जना निको भई घर फर्किसकेका छन भने १ सय ५४ जना संक्रमित अझैं उपचारको क्रममा छन् । यस्तै सप्तरीमा खुल्ला सिमानाका कारणले छिमेकि मुलुक भारतबाट सवृसाधारणहरु आवत जावत गनृ थालेपछि कोरोना पोजेटिभका बिरामिहरुको सख्यामा बृद्धि भएको स्वास्थ्यकर्मीहरुको भनाइ छ ।