TodayPati

महिलाको संवदेशील अंग स्पर्श गर्ने वीरगन्जका तीन स्वास्थ्यकर्मी पक्राउ

टुडेपाटी-

वीरगन्ज, असार २४ गते ।

वीरगन्जस्थित अस्पतलामा उपचार गराइरहेकी युवतीलाई रातको समयमा यौन दुव्र्यवहार गरेको आरोपमा तीन स्वास्थ्यकर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।

Sponsored

पर्सा जिल्ला प्रहरी कार्यालयका अनुसार वीरगन्जस्थित अली अर्थो एन्ड ट्रमा हस्पिटलका तीन स्वास्थ्यकर्मीलाई पक्राउ गरेको हो ।

पर्साका प्रहरी प्रवक्ता डीएसपी मनोजित कुँवरले भने,‘अहिले नै नामचाहिँ नभनौं होला,‘ती तीन स्वास्थ्यकर्मीले ती १९ वर्षीया महिलालाई मंगलबार राति यौन दुव्र्यवहार गरेको भन्ने उजुरी आएपछि पक्राउ गरेका छौं ।’

ती १९ वर्षीया युवती एक शिशुकी आमा हुन् । उनको घर वीरगन्ज महानगरपालिकाकै वडा नम्बर १९ हो । उनी पेटको समस्या भएपछि उक्त हस्पिटलमा भर्ना भएकी थिइन् । त्यस क्रममा मंगलबार राति ती स्वास्थ्यकर्मीले आफूलाई यौन दुव्र्यवहार गरेको भनेर महिलाले आफन्तलाई जानकारी गराएको र आफन्तले प्रहरीलाई मौखिक उजुरी गरेपछि उनीहरूलाई पक्राउ गरिएको डीएसपी कुँवरले जानकारी दिए ।

Sponsored

‘उहाँ गाइनो (स्त्रीरोग) को समस्या भएपछि अस्पताल जानुभएको रहेछ,’ उनले भने, ‘साथै उहाँलाई मिर्गी (छारे रोग) को समस्या पनि रहेछ, अहिले उहाँ बेहोसजस्तै अवस्थामा हुनुहुनछ, बोल्न सक्नुहुन्न, उहाँका आफन्तले गराएको जानकारी आधारमा ती तीन स्वास्थ्यकर्मीलाई नियन्त्रणमा लिएर घटना अनुसन्धान गरिरहेका हौं, त्यही भएर अहिले मिडियामा नाम दिनु उपयुक्त नहुने डिएसपी कुँवरले बताए ।

मंगलबार राति ती स्वास्थ्यकर्मीले ती महिलाको संवदेशील अंग स्पर्श गरेको आरोप लागेको प्रहरीको भनाइ छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *