TodayPati

जनकपुरमा बालिका कञ्चनको बलात्कार गरी हत्या गर्ने पक्राउ

टुडेपाटी-
जनकपुरधाम, असार २२ गते ।

जनकपुरधाम उपमहानगरपालिका २१ कुर्थाकी ११ पर्षीया बालिका कञ्चन कुमारी पजियारलाई बलात्कार गरी हत्या गरेको आरोपमा भारतीय नागरिक पक्राउ परेका छन् ।

कञ्चनलाई बालत्कार गरी हत्या गरेको आरोपमा भारत उत्तर प्रदेश जिल्ला मलिहावाद थाना काकोरी ग्राम पञ्चायत ११ बस्ने ३२ वर्षका दीपु सिंहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

Sponsored

जिल्ला प्रहरी कार्यालय धनुषाले घटनाको चारदिन पश्चात सोमबार पत्रकार सम्मेलन गरी अभियुक्त सिंहलाई सार्वजनिक गरेको हो ।

पक्राउ परेका सिंह जनकपुरधाम उपमहानगरपालिका २१ कुर्था स्थित मिश्र र चौधरी इन्डस्ट्रिजमा कार्यरत रहेका छन् । गएको बुधबार भैँसी चराउन आँप बगैँचामा गएको बेला स्थानीय विनोद पजियारकी छोरी कञ्चनलाई उनले आँप दिने बहानामा फकाइ बलात्कार गरेरहत्या गरेको अनुसन्धानबाट खुलेको धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले पत्रकार सम्मेलनमा जानकारी दिए ।

इन्ड्रट्रिजकै पछाडिको बगैँचामा बालिका कञ्चनको बलात्कार गरी मुख थुनेर हत्या गरेको सिंहले स्वीकार गरेको प्रहरीले जनाएको छ ।

Sponsored

गएको शुक्रबार दिउँसो कञ्चनको शव हत्या गरेको अवस्थामा नजिकैको दुधमती नदि किनारको झाडीमा नग्न अवस्थामा फेला परेको थियो ।

घटनास्थलबाट प्रहरीले एकवटा कम्बल बरामद गरेको थियो । घटना पश्चात प्रहरीले स्थानीय अघोरीबाबासहित २० जना शंकास्पद व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरेको धनुषा प्रहरीले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

4 thoughts on “जनकपुरमा बालिका कञ्चनको बलात्कार गरी हत्या गर्ने पक्राउ

  • July 6, 2020 at 5:22 am
    Permalink

    Please take action it’s big issue it bigger claimed.

    Reply
  • July 6, 2020 at 6:52 am
    Permalink

    Hatyara laee kadabhandakada danda sajaya dinu pardachha

    Reply
  • July 6, 2020 at 4:58 pm
    Permalink

    Sajaay dinu yasto sajay dinu ki
    Kunaiy pani beyakti tyo aapraadh gar n maa daros

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *