TodayPati

कञ्चनकी हत्यारालाई फासीको माग गर्दै जनकपुरमा प्रदर्शन

टुडेपाटी-

जनकपुरधाम, असार २१ गते ।

गएको बुधबार बिहान ११ बजे जनकपुरधाम उपमहानगरपालिका २१ कुर्थास्थित एक १० वर्षीया बालिकाको हत्याकाण्डमा हत्यारालाई मृत्यदण्डको सजाय माग गर्दै जनकपुरमा प्रदर्शन गरिएको छ । आइतबार कुर्था युवा क्लबको अगुवाईमा युवाहरुले जनकपुरमा बालिकाको हत्यारालाई तत्काल पक्राउ गरी मृत्युदण्डको सजायको माग गर्दै प्रदर्शन गरेका हुन् ।

Sponsored

जनकपुरधाम उपमहानगरपालिका २१ स्थित कुर्थाका युवा, नागरिक समाज तथा बालबालिकाहरुको सहभागितामा जनकपुर नगरको परिक्रमा गर्दै मृतक बालिकाका लागि न्यायको माग गर्दै प्लेकार्डसहित प्रदर्शन गरेका छन् ।

बालिकाको हत्या भएको ४ दिनभन्दा बढी भइसक्दासमेत प्रहरीले पक्राउ गरेकाहरुलाई सार्वजनिक नगरेको र वास्तविक दोषीलाई नछाड्नका लागि दबाबस्वरुप प्रदर्शन गरेको स्थानीय चन्द्रशेखर महासेठले जानकारी दिए ।

गत बुधबार विहान ११ बजे भैंसी चराउन घरबाट निस्केकी कञ्चन कुमारी पजियारको शव शुक्रबार स्थानीय दुधमती नदी किनारामा फेला परेको थियो ।

Sponsored

प्रहरीले नाबालिकाको हत्याको प्रारम्भिक अनुसन्धानको क्रममा एक अघोरी बाबासहित २० जनालाई पक्राउ गरेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *