TodayPati

प्रदेश २ मा ७७ सहित थप २ सय ९३ जनामा कोरोना संक्रमण, कुन जिल्लामा कति ?

टुडेपाटी-

जनकपुरधाम, असार २१ गते ।

प्रदेश २ मा ७७ जना सहित थप २ सय ९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो पछिल्लो २४ घण्टामा धनुषा, महोत्तरी, रौतहट, पर्सा र सिरहा गरी प्रदेश २ मा ७७ जना संक्रमित थपिएका हुन् ।

Sponsored

यससँगै संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ । उनीहरु मध्ये ३५ जनाको मृत्यु भएको छ भने ६ हजार ५४७ जना डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै कञ्चनपुरमा ३२ जना संक्रमित थपिएका छन् । यस्तै रौतहटका २९ जना, काठमाडौं, धनुषा र कैलालीका २७र२७ जना, बाजुराका २०, सल्यान १५, सुर्खेत र महोत्तरीका १२र१२ जना र प्युठानका ११ जना छन् ।

डडेलधुराका ९ जना, सर्लाही र दैलेखका ७र७ जना, बर्दियाका ५ जना, रुकुम पश्चिम, अर्घाखाँची र बैतडीका ४र४ जना, डोटीका ३ जना, ताप्लेजुङ, झापा, मोरङ, कपिलवस्तु, रुपन्देही तनहुँ, कास्की, नुवाकोट, रामेछाप, सिन्धुपाल्चोक र ललितपुरका २र२ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै पाँचथर, सिराहा, पर्सा, मकवानपुर, बाँके, भक्तपुर, सल्यान, इलाम, म्याग्दी, धादिङ, बाग्लुङ, लजजुङ, गोरखा, नवलपरासी, स्याङ्जा र अछाममा एकरएक जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *