TodayPati

प्रधानमन्त्री ओली पार्टी फुटाउँदै, काँग्रेसलाई दियो गृह र अर्थ मन्त्रालय सहितको अफर

टुडेपाटी
जनकपुरधाम, असार २१ गते ।

नेपाल कमयुनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फोडेर नयाँ फेरी पनि आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउन लागेको रहस्य बाहिरिएको छ ।

प्रधानमन्त्री ओली र नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाबीचको भेटवार्ताको विषयमा विभिन्न आशंका उत्पन्न भइरहेको बेला यो रहस्य बाहिरिएको हो । प्रधानमन्त्री ओलीले देउवाबीचको भेटवार्ताबारे विभिन्न आशंका उत्पन्न भइरहेका बेला काँग्रेसलाई गृहसहित अर्थमन्त्रालय दिने प्रस्ताव गरेको रहस्य खुलेको छ ।
आइतबार बिहान सभापति देउवासँग नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले यदि काँग्रेसले साथ दिने हो भने काँग्रेसलाई गृह अर्थ लगायतका महत्वपूर्ण मन्त्रालय समेत दिन सकिने प्रस्ताव गरेको स्रोतको दावी छ ।
‘यदि सहकार्य नै गरेर जाने हो भने, गृह अर्थ लगायतका मन्त्रालय काँग्रेसलाई दिन सकिन्छ । त्यसका लागि तपाईहरुले तयारी गर्दा हुन्छ’ ओलीको सन्देश सुनाउँदै नेम्वाङले काँग्रेस नेतालाई भनेका थिए ।

Sponsored

यसैबीच काँग्रेस बैठक जारीरहेका बेलामा सभापति देउवासहित काँग्रेसका प्रभावशाली नेताहरु गगन थापा विश्वप्रकाश शर्मा, रेमश लेखक, पूर्णबहादुर खड्का, मिनेन्द्र रिजाललगायतका नेताहरु बिहान भएको नेम्वाङसँगको भेटवार्ताबारे छलफल गरेका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *