TodayPati

मिथिलामा थप ६ जना कोरोना संक्रमित थपिए

टुडेपाटी-

जनकपुरधाम, असार १९ गते ।

धनुषाको मिथिला नगरपालिकामा थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मिथिला नगरपालिका–२ नक्टाझिजस्थित जनता माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका ६ जनामा बिहिवार नगरपालिकाका ४ जना पुरूष र २ जना महिला गरि कुल ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Sponsored

प्रादेशिक अस्पताल जनकपुरको प्रयोगशालामा गरिएको परिक्षणमा उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको मिथिला नगरपालिकाका फोकल पर्सन अशोक भण्डारीले जानकारी दिए ।

मिथिला नगरपालिका वडा २ का १ जना पुरूष, वडा नं ३ का १ महिला र १ पुरूष गरि २ जना, वडा नं ६ का १ जना पुरूष, वडा नं ८ का १ जना महिला र वडा नं ९ का १ जना पुरूषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको उनले बताए ।

उनीहरुको रिपोर्ट पोजेटिभ आएपछि आइसोलेसनमा पठाउने तयारी भइरहेको छ ।

Sponsored

यसअघि बुधवार मिथिला नगरपालिका वडा नं ९ का ३ जना पुरूषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *