जनकपुर तनावग्रस्त : राजु सदाको न्यायकालागि हजारौँको प्रदर्शन, प्रहरीद्धारा अश्रु ग्यास प्रहार
टुडेपाटी-
जनकपुरधाम, असार १८ गते ।
उपचार नपाएर आइशोलेसनमा धनुषाको हंसपुर नगरपालिकका राजु सदाको मृत्यु भएको भन्दै दोषीलाई कडा कार्वाहीको माग गर्दै जनकपुरमा प्रदर्शन भएको छ ।
दलित संघर्ष समितिको नेतृत्वमा पिडारी चोकबाट सुरु भएको प्रदर्शन मधेस भवन अगाडि पुगेपछि प्रहरीले भीड तितरबितर पार्न केही राउन्ड हवाइ फायर र अश्रुग्यास प्रहार गरेको हो ।
मधेस भवनमा रहेको मुख्यमन्त्री कार्यालय अगाडि हुँदै जिल्ला प्रशान अगाडि प्रदर्शन गर्दै जनक चोकमा आएर कोण सभा गर्ने कार्यक्रम दलित संघर्ष समितिले सार्वजनिक गरेको थियो । प्रदर्शनकारी मुख्यमन्त्री कार्यालयम प्रवेश गर्न खोज्दा अश्रुग्यास प्रहार र हवाई फायर गरेको प्रहरीले जनाएको छ । केहिसेल हवाई फायर र अश्रुग्यास प्रहार गरेको धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले पुष्टि गरे ।
प्रदर्शनकारीहरु मुख्यमन्त्री कार्यालयमा प्रवेश गरी तोडफोड गर्न खोजेका थिए ।
Sponsored
गाउँ गाउँबाट हजारौँको संख्यामा मानिसहरु प्रदर्शन गर्न ट्याक्टर चढेर जनकपुर अाएका छन् ।