TodayPati

प्रदेश २ मा वैदेशिक रोजगारीका लागि आइतवारबाट श्रम स्वीकृति हुने

टुडेपाटी-
जनकपुरधाम, असार १८ गते ।

कोरोना महामारीका कारण ४ महिनादेखि रोकिएको श्रम स्वीकृति पुन: सुरु भएको छ । वैदेशिक रोजगारीका लागि आजबाट पुनः श्रम स्वीकृति जारी गर्ने थालिएको हो ।

काठमाडौं कार्यालयबाट आजबाट नै श्रम स्वीकृति दिन सुरु गरिने वैदेशिक रोजगार विभागका निर्देशक भोलानाथ गुरागाईँले जानकारी दिए । अन्य प्रदेशमा रहेका श्रम कार्यालयहरूबाट आइतबारबाट मात्र पुनः श्रम स्विकृति दिन सुरु गरिने विभागका निर्देशक गुरागाईँले बताए ।

Sponsored

काठमाडौं कार्यालयले स्वास्थ्य प्रोटोकलको मापदण्डअनुसार सेवाग्राहीको लागि लाइन बस्न २–२ मिटरको दूरी कायम हुने गरी व्यवस्था मिलाइएको छ ।

कोभिड९१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी० को ७ असारमा बसेको बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई वैदेशिक रोजगारीमा जाने कामदारका लागि श्रम स्वीकृति दिन अख्तियारी प्रदान गरेको थियो ।

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले गत २९ फागुनदेखि वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति स्थगनको निर्देशन दिएको थियो ।

Sponsored

उक्त निर्देशनपछि विभागले गत ३० फागुनदेखि वैदेशिक रोजगारीमा जाने, घर विदामा नेपाल आएका तथा नयाँ श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगन गरेको थियो ।

श्रम कार्यालय ताहाचालले वैदेशिक रोजगार मागपत्रको स्वीकृतिका साथै श्रम स्वीकृति प्रदान गर्दै आएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *