TodayPati

बारामा चट्याङ लागेर मृत्यु भएका परिवारलाई १/१ लाख दिने घोषणा, घाइतेको उपचार खर्च पनि व्यहोर्ने

टुडेपाटी-
जनकपुरधाम, असार १८ गते ।


बिहीबार बिहान परेका पानीसँगै चट्याङ लागेर बारामा ज्यान गुमाएका परिवारलाई प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।

मन्त्री सोनलका अनुसार मृतक परिवारलाई तत्काल जनही एक–एक लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका हुन् । यो दुःखद खबर सुन्नसाथ मन्त्री सोनलले आफ्नो आधिकारिक फेसबुक वालमा स्ट्याटस लेख्दै मृतक परिवारलाई क्षतिपूर्ति र घाइतेको सम्पूर्ण उपचारको व्यवस्था प्रदेश सरकारले नै गर्ने उल्लेख गरेका छन् ।

Sponsored

साथै दुःखद निधन प्रती हार्दिक समबेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् । बाराको कलैया उपमहानगरपालिका २ जना महिला र फेटा गाउँपालिकका २ जना महिलाको चट्याङ लागेर ज्यान गएको छ भने ७ जना घाइते भएका छन् । जसमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ ।

बिहीबार बिहान खेतमा धान रोप्न गएकोबेल परिरहेको बर्षामा चट्याङ लागि कलैया उपमहानगरपालिका १२ सितलपुरका ३५ वर्षीया आशा देवी महतो, ४५ वर्षीया हलिमा खातुन र फेटा गाउँपालिका वडा नम्बर १ त्रिवेणीका ३० वर्षीया सेन्दु देवी र ४० वर्षीया सुरपती देवी गरि चार जनाको ज्यान गएको थियो ।

घटनामा अन्य ८ जना समेत घाइते भएको थिए । घाइतेको वीरगन्जको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *